• गृहपृष्ठ
  • तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ’ह्वाम्ला मायासे’ बजारमा

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ’ह्वाम्ला मायासे’ बजारमा

Mar 7th, 2020

काठमाडौं, फागुुन २४

तामाङ समुदायका महानायक अमिर दोङ अभिनित ’ह्वाम्ला मायासे’ बोलको गीत बजारमा आएको छ । समुदायका महानायकको उपनामले परिचित दोङलाइ फरक लुक्समा भिडियोमा देख्न सकिन्छ ।

तामाङ समुदायमा सबैभन्दा धेरै चलचित्रमा नायकको भूमिकामा अभिनय र निर्देशन गरेका दोङले नेपाली चलचित्र ’सुर्य किरण’ समेत निर्देशन गरिसकेका छन । उनले १ हजार भन्दा भिडियोमा अभिनय गरिसकेका छन । तामाङ फिल्म होस या म्युजिक भिडियोमा फरक र नयाँपन ल्याउने गरेका दोङले यो भिडियोमा नयाँ प्रयोग गरेका छन ।

दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाज साथ दिएकी छिन । भिडियोमा सम्पादन,कोरियोग्राफ र अभिनय स्वंय अमिर दोङ्को रहेको छ भने मिस तामाङ २०१८ फस्ट रनर अप रन्जिता लामाको अभिनय एकसाथ देख्न सकिन्छ । भिडियोलाई छायांकन र ड्रोन सुर्य लामाले गरेका हुन भने ड्रेस डिजाइनिङ क्लोथिङ इन नेपाल, अनिता नेगिले गरिकी हुन । । महानायक दोङले निर्देशन गरेको भिडियोमा सुस्मा मोक्तान, पदम दोङ, कुइसाङ रुम्बा बिशाल थिङ, मिलन स्याङतान र बाल कलाकारहरुमा सुआङ दोङ र जस्मि तामाङको अभिनय रहेको छ ।