• गृहपृष्ठ
  • निप्पोन पेन्ट नेपालको सवारीसाधन पेन्टको बजारमा प्रवेश

निप्पोन पेन्ट नेपालको सवारीसाधन पेन्टको बजारमा प्रवेश

Mar 7th, 2020

काठमाडौ, फागुुन २४

कारोबारको आधारमा एसियामा अग्रणी रंग उत्पादक, निप्पोन पेन्टले नेपालको सवारी साधन खरिद पछिको बजारमा आफ्ना रंगहरू उपलब्ध गराउने योजना घोषणा गरेको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ रिफिनिसेसका व्यावसायिक प्रमुख तथा भारतीय सञ्चालनका अध्यक्ष शरद मल्होत्राले भने, निप्पोन पेन्टले सवारी साधनहरूको बाह्य सतहलाई परिपूर्ण तुल्याउनका लागि जापानबाट नेपालमा नवीतम पेन्ट प्रविधि ल्याएको छ । आउँदो केही महिनाभित्रमा हामी कोटिङका अलावा कारको हेरचाह तथा काठको बाहिरि सतहको लागि उत्पादनहरू ल्याउने छौं । हाम्रो उद्देश्य नेपालमा दिर्घकालीन उपस्थिति जनाउनु हो र हामी नेपालमा उद्योग र उपभोक्ताहरूसँग सबल र सुनिश्चित ढंगको सम्बन्धलाई गहिरो तुल्याउने छौं ।”
भारतीय सञ्चालनका उपाध्यक्ष एलके घोले भने–“यो नेपालमा कार धनीहरूकालागि सम्भाव्य राम्रो समाचार हो किनकी उनीहरुले आफ्नै घरदैलोमा उचित मूल्यमा उच्च प्रविधिको कार पेन्टको पहुँच पाउनेछन । यसका अलावा नेपालका उत्कृष्ट पेन्टरहरूलाई अन्य देशका समकक्षीहरूसँग मिलेर क्षेत्रीय र विश्वस्तरका सीप तालिममा सहभागी हुनका लागि प्रशिक्षित गर्ने र सहजीकरण गर्ने पनि योजना रहेको छ ।”

यो बजार प्रवेशसँगै निप्पोन पेन्टले विश्वका नव–आविष्कार तथा वर्गका उत्कृष्ट (वेस्ट इनक्लास) उत्पादनहरू नेपालमा प्रस्तुत गर्नेछ । निप्पोन पेन्टले वर्षको अन्त्यसम्म ६०० बडी र पेन्ट पसलहरूमा आफ्ना उत्पादन उपलब्ध गराएर कम्तिमा २० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ । यसका साथै ५० नयाँ डिलरहरू नियुक्त गर्ने योजना रहेको छ जसमध्ये १ वर्ष भित्र कम्तिमा १० डिलरहरु निप्पोनको विशिष्ट रंग मिश्रण प्रविधि (कोर सुपेरियो कलर मिक्सिङ सिस्टम) मा केन्द्रीकृत हुनेछन ।

नेपाल बजारका लागि व्यावसायिक निर्देशक दिवाकर मेहरोत्राले भने “नेपालले आफ्नो सबल ग्राहक मामिला तथा बडी निर्माता पसल तथा ग्यारेजहरूका कारण सम्भाव्य सबल वृद्धिको सम्भाव्यता प्रस्तुत गर्छ । हामी नेपालको अटोमोबाइल उद्योगका लागि एक सबल र जीवन्त पर्यावरण प्रणाली (इको सिस्टम) निर्माण सुनिश्चित गर्न उद्योगका संगठनहरू र सम्बद्ध सरोकारवालाहरूसँग साझेदारी गर्नेछौं ।”निप्पोन पेन्टका अटोमेटिभ उत्पादनहरू यसका प्रमुख आयातकर्ता रुची ट्रेडिङमार्फत काठमाडौं, ललितपुर, भक्तपुर सहित उपत्यकाभर उपलब्ध हुनेछ । निप्पोन पेन्टले यस वर्षको अद्र्ध–वार्षिक अवधिमा पोखरा, नारायणघाट, बुटबल, विराटनगर, इटहरी र अन्य क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ । हालका लागि अटोमेटिभ रिफिनिसिङ पेन्ट्स र एन्सिलरीहरू सुपेरिओ तथा एन–पावर ब्रान्डमा, गैर–पेन्टजन्य उपभोग्य वस्तु तथा समाधानका लागि एन–फोर्स ब्रान्डमा तथा वानके र एरोसोल उत्पादनहरू पाय्ल्याक् ब्रान्डमा तत्कालै बिक्री तथा प्रयोगका लागि उपलब्ध हुनेछ ।

निप्पोन पेन्ट इन्डिया, अटोमेटिभ रिफिनिस, औद्योगिकतथा साजसज्जा क्षेत्रका लागि उच्च गुणस्तरको पेन्ट्स तथा कोटिङको अग्रणी उत्पादक हो । निप्पोन पेन्ट इन्डिया निप्सिया समूहको एक हिस्सा हो, जसले जापानको निप्पोन पेन्ट्स सहित एसिया–प्रशान्त क्षेत्रमा कोटिङ्गमा यसको सर्वाधिक ठूलो हिस्सा ओगट्छ तथा कारोबार रकमका आधारमा विश्व कै चौथो ठूलो हो ।
निप्पोन पेन्टका बारेमा पेन्ट उद्योगमा १३८ वर्षभन्दा अधिकको अनुभव सहित निप्पोन पेन्ट आज एसिया–प्रशान्त क्षेत्रमा सबैभन्दा ठूलो कोटिङ कम्पनी तथ ाविश्वको चौथो ठूलो कम्पनी हो । विश्वका २५ भन्दा अधिक देशहरूमा सञ्चालन सहित निप्पोन पेन्टले ७० भन्दा बढी कम्पनीको समूहमार्फत व्यापक अनुपातका ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । १९,००० भन्दा बढी सबल कार्मचारिहरु रहेको निप्पोन पेन्टमा अत्याधुनिक उत्पादनहरू उपलब्ध गराउने तथा विवेकशील ग्राहकहरूलाई सर्वाेत्कृत श्रेणीको सेवा उपलब्ध गराउन प्रतिबद्ध छन् ।

निप्पोन पेन्टले सबै खालका सतह आधारका लागि कोटिङ सोलुसन उपलब्ध गराउँछ तथा अधिकांस जापानी संगठनहरूले जस्तै नविन सिर्जनशील, विशिष्टता र सन्तुष्टिको सिद्धान्त सहितको मूल्य मान्यताबाट सञ्चालित छ । उत्पादन विकास, नव–सिर्जना (इनोभेटिभ) युक्त प्रविधिको प्रयोग तथा अत्याधुनिक कोटिङ सोलुसनहरू ल्याउनका लागि प्रकृतिकोे हेरचाह निप्पोेन पेन्टको मार्र्गदर्शक सिद्धान्त हो ।