होटल ’आनन्द पशुपतिद्धारा सरसफाई

Mar 7th, 2020

काठमाडौ, फागुुन २४

नोवेल कोरोना भाइरसको कारण सम्पूर्ण विश्वमा नै सन्त्रास फैलिएको अवस्थामा काठमाण्डौको तिलगङ्गा स्थित एक होटलले कोरोनावाट बच्न सरसफाई कार्यक्रम संचालन गरेको छ । फागुन २३गते शुक्रवार र्याली समेत आयोजना गरेको होटल ’आनन्दपशुपति’ टिमले उक्त क्षेत्र वरपर सरसफाईका साथ साथै हरियाली कायम गर्न वृक्षरोपन समेत गर्दै आएको छ ।

द पिक हस्पिटालिटी म्यानेजमेन्टद्वारा होटल ’आनन्दपशुपति’ ले सरसफाई कार्यक्रम संचालन गरेको हो । आगामी नयाँ बर्षबाट संचालनको तयारीमा रहेको यस होटलले यो संगसंगै विभिन्न सामाजिक जागरणका कार्यक्रम समेत सन्चालन गर्दै जाने तयारी रहेको छ ।

शुद्ध शाहाकारी खाना पाइने होटलमा मदिरा सेवन भने प्रतिबन्ध नै गरिएको छ । नेपाल भर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्येश्य बोकेको पिकको यो होटल संचालन प्रयास एक फरक प्रयोग हो । मुख्य त भारतीय तिर्थयात्रुलाई लक्षित गरेर संचालन गर्न लागिएको होटलले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव छोड्ने छ । करिव ८० कोठा उपलब्ध हुने होटलमा नर्मल देखि स्विट्स सम्मको व्यवस्था गरिने छ । शाकाहारी भन्न साथ खानेकुराको ’अप्सन’ हुदैन भन्नेहरुको लागि यो होटल एक उदाहरणको रुपमा रहने छ ।

रोजगार सिर्जना गर्दै समुदायसंग मिलेर स्वावलम्बनका कामहरु समेत गर्दै लगिने तयारी समेत रहेको पीकका संचालक विवेक विष्टले बताए । पहिलो कार्यक्रमको रुपमा वाग्मती किनार सफा गरेको टिमले बिस्तारै जनचेतनामुलक कार्यक्रम संचालन गर्ने तथा सामाजिक काम गर्ने तयारी गरिरहेको छ । होटलले पन्चामृत नामक रेस्टुरेन्ट समेत संचालन गरी शुद्ध शाहाकारी भोजन गराउने छ ।