• गृहपृष्ठ
  • जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

Mar 7th, 2020

लमजुङ, २४ फागुन (रासस)

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताउनुभएको छ । बेँसीशहरमा शुक्रबारदेखि शुरु भएको दोस्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आदिवासीको भाषा संस्कृतिको संरक्षणका लागि विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सरकारले निरन्तरता दिनेछ भन्नुभयो ।

प्रदेशमा रहेका आदिवासीको संस्कृति नेपालकै संस्कृतिका रुपमा विकास सरकारले गरेको मुख्यमन्त्री गुरुङको भनाइ छ । संसारमै नभएको आदिवासीको विभिन्न सांस्कृतिक सम्पदाहरु गण्डकी प्रदेशमा मात्र रहेकाले त्यसलाई देखाएर पर्यटक लोभ्याउन सकिने उहाँको भनाइ छ । लोपोन्मुख तथा पिछडिएका वर्गलाई माथि उकास्नका लागि प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर निर्माण गरिरहेको मुख्यमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट सरकारले विकासको मूल फुटाउन थालेको छ । सरकारले गरेको विकासमा जनता आशावादी र सकारात्मक भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “मुलुक विकासको बाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणमा समेत सरकार लागेको छ । अहिलेको सरकारले विकास गरेकाले आर्थिक दर वृद्धि हुँदै गएको समेत उहाँको भनाइ छ ।

त्यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, प्रदेश सदस्य मुधुमाया अधिकारी, बेँसीशहर नगरपालिका गुमानसिं अर्याल, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आदिवासीको भाषा तथा संस्कृतिको पहिचान र जगेर्ना गर्न सकेमा नेपालको पहिचानसमेत रहने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् लमजुङका अध्यक्ष हरिजङ्ग तामाङले जिल्लामा रहेका नौवटै आदिवासी समुदायको भाषा तथा संस्कार संस्कृतिको संरक्षण गर्नका लागि महोत्सवको आयोजना गरिएको बताउनुभयो । ‘मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान १ एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने नाराका साथ महोत्सव आगामी चैत महिनाको २ गतेसम्म सञ्चालन हुनेछ ।

मस्र्याङ्दी नदीको बेलौतिविसनाबाट झिँगेखेलाको दोभानसम्म ¥याफ्टिङ, विभिन्न जातजातिको सांस्कृतिक घरसहितको जातीय खाना तथा मौलिक परिकारको खाजा तथा खाना आदिवासीको जनजातिको जन्मदेखि मृत्युसम्मको संस्कारमा चाहिने सामग्री, पोसाक, कपडा विभिन्न बाजा र सांस्कृतिक सामग्रीको प्रदर्शनी, कृषि र हस्तकला प्रदर्शनी महोत्सवको मुख्य आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ । महोत्सव अवधिभर दुई लाख पर्यटकले अवलोकन गर्ने अनुमान आयोजकको छ । दुई करोडको कारोवार हुने अपेक्षा रहेको आयोजकले जनाएको छ । महोत्सवमा एक सय ७५ वटाभन्दा बढी स्टल राखिएको छ ।