• गृहपृष्ठ
  • प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

Mar 7th, 2020

काठमाडौं,फागुन २४

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका श्री नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेश कुमार कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई शुक्रवार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । २०७६ फागुन १८ गतेको मन्त्रीपरिषद्को निर्णयअनुसार कार्की उपरथीमा पदोन्नति भएका हुन् ।

उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी कार्कीलाई श्री मध्य पूर्वी पृतना हे।क्वा। को पृतनापतिको जिम्मेवारी दिईएको छ ।