• गृहपृष्ठ
  • ६ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

६ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

Mar 7th, 2020

काठमाडौं,फागुन २४

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न भएको छ ।

उक्त कार्यक्रमको समापन श्री जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी बिज्ञान देव पाण्डेले शुक्रबार एक कार्यक्रम बीच गर्नु भएको हो  ।

नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका विभिन्न मिडिया हाउसमा कार्यरत २२ जना रक्षा संवाददाताको सहभागिता रहेको थियो ।

६ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्‍न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको विभिन्‍न युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्‍चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।