• गृहपृष्ठ
  • प्रधानसेनापति र मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत बीच शिष्टाचार भेटवार्ता

Mar 7th, 2020

काठमाडौं,फागुन २४

प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत Mr. Federico Salas Lotfe बीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग  मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत
Mr. Federico Salas Lotfe ले शुक्रबार जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत Mr. Federico Salas Lotfe बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।