सवारी दुर्घटनामा ४ जनाको मृत्यु

Mar 6th, 2020

काठमाडौं, २३ फागुन

नवलपरासी (पूर्व), देबचुली नगरपलिका-७ गाबिस चोकस्थित सडकमा ना.१४ प ५११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबर साँझ दुर्घटना हुदाँ मोटरसाइकल चालक कावासोती नगरपालिका-१७ बस्ने २७ वर्षीय लाल बहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, धनुषाधाम नगरपलिका-८ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले अनटेष्ट लेखिएको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार हँसपुर नगरपालिका-३ बस्ने २५ वर्षीय सुनिल कापड र २५ वर्षीय सुबोध कापड रहेका छन् ।

तानसेन नगरपालिका-७ लामीडाँडास्थित सिद्धार्थ राजमार्गमा लु.२ ख ३१७८ नम्बरको टिपरले लु.७ प ४३४ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिंदा मोटरसाइकलमा सवार ५५ वर्षीया मधु श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मधुलाई उपचारको लागि लुम्विनी मेडिकल कलेज प्रभाष पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक तानसेन नगरपालिका-७ म्यालधारा बस्ने ६२ वर्षीय हिमाल प्रसाद श्रेष्ठको सोही अस्तपालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।