• गृहपृष्ठ
  • सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८२ हजार ५०० रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८२ हजार ५०० रुपैयाँ पुग्यो

Mar 6th, 2020

काठमाडौं,फागुन २३

नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ। बिहीबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार १८ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोलामा रु १८०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो।

स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला रु ८२ हजार ५०० रुपैयाँमा कारोबार भएको । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै तेजाबी सुन प्रतितोला रु ८२ हजार २०० रुपैयाँमा कारोवार भएको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला रु ८० हजार ४०० मा कारोवार भएको थियो । 

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ८९० मा कारोवार भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८८० मा कारोवार भएको थियो ।