• गृहपृष्ठ
  • म्यानचेष्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा प्रवेश

म्यानचेष्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा प्रवेश

Mar 6th, 2020

काठमाडौँ, २३ फागुन

म्यानचेष्टर युनाइटेड एफ ए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

म्यान्चेष्टर युनाइटेडलाई जित दिलाउन ओडिन इगहलोले दुई र लुकाशले एक गोल गरे।

खेलको ३३ औँ मिनेटमा लुकाशले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा इगहलोले गोल गर्दै युनाइटेडको अग्रता पहिलो हाफमा दोब्बर पारे । त्यसपछि खेलको ७० औं मिनेटमा इगहलोले व्यक्तिगत दोस्रो गोल गरे र जित पक्का पारे ।

म्यानचेस्टर युनाइटेडले अब क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ ।