• गृहपृष्ठ
  • प्रिन्सको योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित ,जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल

प्रिन्सको योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित ,जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल

Mar 6th, 2020

काठमाडौँ, २३ फागुन (रासस)

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित निकालेका छन् । जर्मनीको बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलतर्फको खेलमा प्रिन्सले जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमा पराजित गरे ।

जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल भएको जर्मनीमै रहेको उनका ब्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । प्रिन्सले उक्त खेलमा जर्मनीका खेलाडी २१–१३ र २१–१२ अङ्कले पराजित गरेका थिए । यसअघि उनले अष्ट्रियाका लेनी सुदर्मालाई २–० सेटमा पराजित गरेका थिए । यसअघि प्रिन्सले यसैसाता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएका थिए । उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसित पराजित भएका थिए । विश्व ब्याडमिन्टन सङ्घले मङ्गलबार जारी गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थियो । यो नेपाली ब्याडमिन्टन खेलाडीको हालसम्मकै ठूलो सफलता हो ।