• गृहपृष्ठ
  • विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल नष्ट

विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल नष्ट

Mar 6th, 2020

काठमाडौं, २३ फागुन

मोरङ, बेलबारी नगरपालिका-११ भाङबारी बस्ने ५५ वर्षीय नर बहादुर तामाङको कच्ची घरमा बिहीबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका-२ टंकीस्थित शिवनारायण ऋषिदेवको कच्ची घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा र नगद ५० हजार रुपैयाँ
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।