• गृहपृष्ठ
  • सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता ,सामसुङको मोबाइल सेट सहजरुपमा मासिक किस्तामा प्रदान गर्ने

सानिमा बैंक र आईएमएस स्मार्टबीच सम्झौता ,सामसुङको मोबाइल सेट सहजरुपमा मासिक किस्तामा प्रदान गर्ने

Mar 5th, 2020

काठमाडौ, फागुुन २२

सानिमा बैंक लिमिटेडर नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रा. लि. बीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको मोबाइल सेट सहजरुपमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकहरुले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु रिकमेन्डेड रिटेल मूल्यमा खरिद गर्न सक्नेछन । यसैगरी बैंकको क्रेडिट कार्ड प्रयोगकर्ताले आकर्षक ब्याजदरका साथ १८ महिना सम्मको मासिक किस्ता भुक्तानी गर्न सक्नेछन । साथै भर्खरै अन्तर्राष्ट्रिय बजारमा लन्च गरिएको ग्यालेक्सी एस २० र ग्यालेक्सी एस २० प्लस विशेष मूल्यमा प्रि बुक गर्दा प्रि बुकिङ उपहार समेत प्राप्त गर्न सक्नेछन । सो सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस नेपालप्रा. लि. को तर्फबाट सेल्स तथा अपरेसन म्यानेजर नारायण प्रसाद भुषालले हस्ताक्षर गरेकाछन ।