• गृहपृष्ठ
  • सेञ्चुरी कमर्सियल बैंक र होटल अतिथीबिच सम्झौता, १० प्रतिशतसम्म छुट पाउने

सेञ्चुरी कमर्सियल बैंक र होटल अतिथीबिच सम्झौता, १० प्रतिशतसम्म छुट पाउने

Mar 5th, 2020

काठमाडौ, फागुुन २२

सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडीकल कलेज लाइन बाँकेस्थित होटल अतिथिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्नेगरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अतिथिका प्रबन्ध निर्देशक नरबहादुर ओलील ेहस्ताक्षर गरेका हुुन ।