पाँच अंकले घट्यो नेप्से

Mar 5th, 2020

काठमाडौ, फागुुन २२

नेप्से आज बिहिबार पाँच दसमलव पाँच अंकले घटेर १४ सय ३५ दसमलव ७० अंकमा पुुगेको छ । सेन्सिटिभ पनि एक दसमलव १५ अंकले घटेर तीन सय सात दसमलव ७२ अंकमा पुुगेको छ । एक सय ७९ कम्पनीहरुको २२ हजार पाँच सय ३१ वटा कारोवारमा ५९ लाख ४० हजार पाँच सय ३३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ४५ करोड ७० लाख ९३ हजार चार सय ६३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा पाँच वटा समुहको सुचक बढेर सात वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक १४ दसमलव २४ अंकले घटेर १२ सय ६६ दसमलव ९३ अंकमा पुगेको छ । जलबिद्युुत, होटल, निर्जिवन बीमा, टे«डिङ, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज २१ दसमलव २७ अंकले बढेर १९ सय तीन दसमलव १४ अंकमा पुुगेको छ । जीवन बीमा, फाईनान्स अन्य र लघुुबित्त सुमहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मञ्जुुश्री फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल हाईड्रो डेभलपर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।