• गृहपृष्ठ
  • आज पनि सुन तोलामा २०० ले वृद्धि,चाँदी स्थिर

आज पनि सुन तोलामा २०० ले वृद्धि,चाँदी स्थिर

Mar 5th, 2020

काठमाडौं,फागुन २२

सुनको मूल्यमा नयाँ कायम भएको छ । बुधवार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावल सुन बिहीबार २ सयले बढेको छ ।

बिहीबार छापावाला सुन ८० हजार ७००मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन पनि २ सयले बढेर ८० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रु ८० हजार २०० मा खरिद बिक्री भएको थियो ।

चाँदीको मूल्य आज स्थिर रहेको छ । महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । बुधवार पनि चाँदी तोलामा ८८० रुपैयाँमा कारोबार भएको थियो ।