आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 5th, 2020

काठमाडौं, २२ फागुन

प्युठान, सरुमारानी गाउँपालिका-१ मिया टोल बस्ने खबिन मिया र सोही ठाउँ बस्ने मनसुर मियाको कच्ची घरमा बुधबार दिउँसो विद्युत सर्ट भई आगलागी हुँदा दुबै जनाको घर र गोठ जलेर करिब २३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, कमल गाउँपालिका-५ मंगलबारे बजारमा रहेको शेर बहादुर लिम्बुको कच्ची घरमा ग्याँस सिलिन्डर पड्कन गई बुधबार साँझ आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका-११ कान्ति टोल बस्ने भाने नेपालीको कच्ची घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, रौतामाई गाउँपालिका-५ धोद्रे बस्ने सिताराम राईको घरमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।