एकैदिन ६८ अंंकले घट्यो नेप्से

Mar 4th, 2020

काठमाडौ, फागुन २१

नेप्से आज बुधबार ६८ दसमलव ४७ अंकले घटेर १४ सय ४१ दसमलव २० अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १५ दसमलव १७ अंकले घटेर तीन सय आठ दसमलव ८७ अंकमा पुगेको छ । एक सय ७४ कम्पनीहरुको २९ हजार दुुई सय ३१ वटा कारोवारमा ६७ लाख ७१ हजार एक सय ४१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब ९० करोड ८४ लाख ७२ हजार छ सय तीन रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६० दसमलव ९७ अंकले घटेर १२ सय ८१ दसमलव १८ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक ७२ दसमलव १४ अंकले घटेर १८ सय ८१ दसमलव ८७ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेशनल माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।