• गृहपृष्ठ
  • टीभीएसद्धारा जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण

टीभीएसद्धारा जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण

Mar 4th, 2020

काठमाडौं, फागुन २१

राकुटेन भाइबर र जगदम्बा मोटर्सले ‘चान्स टु विन थ्रु अ क्लिक’ अभियानका विजेतालाई टीभीएस जुपिटर ११० सीसी स्कुटर हस्तान्तरण गरेको छ । टीभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टिकर प्याकहरुका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

सोही सहकार्यअन्तर्गत जगदम्बा मोटर्सले टीभीएस ब्राण्डका लागि ‘चान्स टु विन थ्रु अ क्लिक’ अभियान सार्वजनिक गरेको थियो, जहाँ ग्राहकहरुले ‘टीभीएस बाइकर्स मेनिया’ स्टिकर प्याक डाउनलोड गरेर नयाँ टीभीएस जुपिटर ११० सीसी स्कुटरका साथै आकर्षक उपहारहरु जित्ने अवसर पाएका थिए ।यस अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको थियो जसअन्तर्गत बुटवलकी सुमित्रा न्यौपानेले नयाँ स्कुटर प्राप्त गरेकी छिन् । उनीलाई जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका हुुन ।