• गृहपृष्ठ
  • हुण्डाईले खुल्ला गल्फ प्रतियोगिता गर्ने

हुण्डाईले खुल्ला गल्फ प्रतियोगिता गर्ने

Mar 4th, 2020

काठमाडौं, फागुन २१

नेपालको लागि हुण्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई ओपन गल्फ प्रतियोगिता २०२०’ आयोजना गर्ने भएको छ । विगतका वर्षमा पनि कम्पनीले प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष कम्पनीले शुक्रबार र शनिबार गल्फ प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ । उक्त ओपेन गल्फ प्रतियोगिता१८ होल मा स्टेबल फोल्ड फम्र्याटमा र ३÷४ ह्यान्डिक्यापमा खेलिने कम्पनीले जनाएको छ ।

यस प्रतियोगितामा नेपालका १३० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगितामा टाईटल विनर (नेट), फस्ट रनर–अप, सेकेण्ड रनर–अप, वेस्ट ग्रोस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिको), जुनियर विनर (१७ वर्षमुनिको), हुण्डाई ओनर क्याटागोरी विनर, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु द पिन, मोस्ट वर्डाइज क्याटागोरीमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ । यसका साथै होल इन ओन विजेतालाई उपहारस्वरुप एक थान हुण्डाई ग्राण्ड आई१०(माग्ना) गाडी प्रदान गर्ने कम्पनीले घोषणा गरेको छ । हुण्डाईले विश्वभर नै गल्फ खेलको विकास र प्रवद्र्धन गर्ने हेतुले विभिन्न गल्फ प्रतियोगिता प्रायोजन गर्दै आएको छ ।