ओप्पोले आईओटी उद्योगलाई पेटेन्ट दिने

Mar 4th, 2020

काठमाडौं, फागुन २१

ओप्पोले अग्रणी पेटेन्ट लाइसेन्सिङ प्ल्याटफर्म अभेन्सीमार्फत आप्mनो ग्लोबल थ्रीजी र फोरजी मानक आवश्यक पेटेन्ट लाइसेन्स आईओटी र अटोमोटिभ बजारलाई प्रदान गर्ने जानकारी दिएको छ ।

ओप्पोको इन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेङले उद्योगलाई ओप्पोको एसेन्सियल पेटेन्ट पोर्टफोलियो निष्पक्ष, उचित र गैरभेदभावपूर्ण (फ्रान्ड) तवरमा लाइसेन्स प्रदान गर्ने चाहना रहेको बताए । थ्रीजी र फोरजी कम्युनिकेसन्स स्ट्यान्डर्ड एसेन्सियल पेटेन्ट्स लाइसेन्सिङका लागि अभेन्सीमार्फत आईओटी र अटोमोटिभ निर्मातालाई प्रस्ताव गर्न पाउँदा कम्पनी निकै प्रसन्न रहेको उनले बताए । अभेन्सीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कासिम अल्फालाहीले अभेन्सी प्ल्याटफर्ममा स्मार्टफोन उद्योगकै अग्रणी ओप्पोलाई स्वागत गर्न पाउँदा गौरवान्वित भएको बताए । भेन्सीले ओप्पोजस्ता कम्पनीहरुलाई तिनको आरएण्डडी लगानीका लागि उचित प्रतिफल कमाउन सघाउ पु¥याउने उनको भनाइछ । कम्पनीले पेटेन्ट ओनर्स र लाइसेन्सिङ दुवैका चासोका विषयलाई सन्तुलनमा राखी नवप्रवर्तनको निरन्तरताका लागि सटिक बजार उपलब्ध गराउने बताए ।

अभेन्सी, आईओटी भेन्डर्सलाई ताररहित सञ्चार प्रविधिमाथि सहज पहुँच बनाउनका लागि वान स्टप समाधान उपलब्ध गराउने पेटेन्ट लाइसेन्सिङ प्लेटफर्म हो । कनेक्टेड भेहिकल्सका लागि १४ अटोमोटिभ ब्राण्ड अहिले नै अभेन्सीमार्फत लाइसेन्ड छन् । हाल अभेन्सीसँग ओप्पोसहित ३८ स्ट्याण्डर्ड एसेन्सियल प्याटेन्ट होल्डर्स आबद्ध छन् । ओप्पोको पनि संलग्नताले ताररहित सञ्चार क्षेत्रमा कम्पनीको पेटेन्ट स्ट्रेन्थको प्रतिनिधित्व अझ सटिकरुपमा भएको छ । वैश्विकरुपमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओप्पोले आफ्ना विश्वभरका प्रयोगकर्तालाई अद्वितीय उत्पादन तथा सेवा अनुभव प्रदान गर्ने सोचका साथ आरएण्डडी नवप्रवर्तनलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । फेब्रुअरी २९, २०२० सम्म आइपुग्दा ओप्पोसँग ४३ हजार वैश्विक पेटेन्ट निवेदन र १६ हजारभन्दा बढी पेटेन्ट रहेका छन् ।