आगलागीबाट मृत्यु तथा धनमाल जलेर नष्ट

Mar 4th, 2020

काठमाडौं, २१ फागुन

सल्यान, सिद्धकुमाख गाउँपालिका-१ बाझकाडा बस्ने रत्न बहादुर बुढाथोकीको घरमा मंगलबार राति आगलागी हुँदा उनका ११ वर्षीय छोरा दुर्गा बहादुर बुढाथोकीको जलेर मृत्यु भएको छ ।

दाङ, बंगलाचुली गाउँपालिका-२ टाकुरा बस्ने २७ वर्षीय दिल बहादुर बुढाको घर र गोठमा मंगलबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ५ लाख ९८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।