• गृहपृष्ठ
  • नेपाल लिकर्सद्वारा दीपक बज्राचार्यसँग साँगीतिक सहकार्य सम्झौता

नेपाल लिकर्सद्वारा दीपक बज्राचार्यसँग साँगीतिक सहकार्य सम्झौता

Mar 4th, 2020

काठमाडौ, फागुन २१

नेपाल लिकर्स प्राइभेट लिमिटेड तथा सुप्रसिद्घ गायक दीपक बज्राचार्य बीच साँगीतिक सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ । यसदुई पक्षीय सम्झौता कार्यक्रम कम्पनीका आधिकारिक व्यक्ति तथा पत्रकारहरुको उपस्थितिमा लाजिम्पाट स्थित होटेल ¥याडिसनमा भएको हो ।

विगत लामो समय देखि गायक दीपक बज्राचार्यसँग नेपाल लिक्वर्सले विभिन्न कार्यक्रममा सहकार्य गर्दै आइरहेको थियो । भन्डै तीन दशक नेपाली सँगीतमा योगदान दिनुभएका सुप्रसिद्घ गायक बज्राचार्यको नेपाली पप सँगीतमा विशिष्ट पहिचान रहेको छ ।

नेपाल लिकर्सले नेपाली कला, संगीत संस्कृतीको प्रबद्र्घनलाई सदैब पहिलो प्राथमिकता दिदैं आइरहेको छ । कम्पनीको स्थापनाकाल देखि नै बिभिन्न साँगीतिक कार्यक्रम, महोत्सवलाई प्रायोजन गर्दै नेपाल लिक्वर्सले प्रत्यक्ष सहभागिता जनाउँदै आइरहेको थियो । ‘प्यासन’ नै संगीतको उर्जा रहेकोे नेपाल लिकर्सको मान्यता रहेको छ । सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरुप नेपाल लिक्वर्सले गायक दीपक बज्राचार्यसँग सहकार्य गरेका छौँ ।

दीपक बज्राचार्य सँगको सहकार्यले हामी एकदम उत्साहित छौं । नेपाली सँगीतमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं । यस सहकार्यले नेपाली सँगीतको विकास तथा प्रबद्र्घनमा प्रेरणामूलक तथा महत्वपूर्ण भूमिका खेल्ने छ भन्ने हाम्रो विश्वास छ ।

नेपाल लिक्वर्स प्रा.लि.का कार्यकारी अध्यक्ष तथा नेपाली उद्योगी राजेश विर सिंह तुलाधरले “नेपाली गीत संगीत हाम्रो पहिचान हो । नेपाल लिकर्स प्रा.लि. नेपाली गीत संगीतको प्रर्वद्धन सँधै सचेत रहेको छ र यसै क्रममा आजबाट हामीले नेपाली संगीतका चम्किला हस्ती दिपक बज्राचार्यसंग सहकार्य प्रारम्भ गरेका छौँ । गुणस्तरको मामलामा बर्षौदेखि नेपालीहरुमाझ लोकप्रिय रहेको नेपाल लिकर्स प्रा.लि., दिपक बज्राचार्यसंगको यो सहकार्यले गर्दा उत्साहित भएका छौ । यस सहकार्यले नयाँ पुस्ताका कलाकारलाई समेत प्रोत्सहित गर्नेछ भन्ने मैले विश्वास लिएको छु । आगामी दिनमा पनि हामी नेपाली गीत संगीत र कलाकारहरुको उत्थानका निम्ति सदा सरिक हुनेछौँ । ” भन्नुभयो ।
नेपाल लिकर्स नेपालमा एन्टीकुइटी ब्लु व्हिस्की, सिग्नेचर प्रिमियम व्हिस्की, सिग्नेचर रेएर व्हिस्की, रोएल च्यालेन्ज व्हिस्की, म्याकडोवेल्स व्हिस्की, ब्लु रिब्यान्ड जिनको उत्पादन गर्दै आइरहेको छ । उत्कृष्ट कच्चा पदार्थ तथा उच्चस्तरीय प्रविधीबाट अन्तराष्ट्रिय स्वाद तथा स्ट्यान्डर्डको मदिरा नेपालमा उत्पादन गर्दै आइरहेको छ ।