• गृहपृष्ठ
  • वायुसेवा निगमले प्रारम्भ गर्यो नारिताको नियमित उडान

वायुसेवा निगमले प्रारम्भ गर्यो नारिताको नियमित उडान

Mar 3rd, 2020

काठमाडौ, फागुुन २०
नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान आजदेखि प्रारंभ गरेको छ । फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान प्रारंभ गरेको छ ।

एयरबस वाइड्वडीबाट गरिने सिधा उडान हप्ताको ३ दिन सोमबार, बुधबार र शुक्रवार हुनेछ । १९ गते बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेको सो विमान आजै अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गरेको छ । नारिता जाँदा २३४ यात्रुहरुले विमानबाट यात्रा गरेको थिए भने फर्कदा २६५ जनाले यात्रा गरे । नारिताको पहिलो उडानमा नै यात्रुहरुको यो संख्यालाई उल्लेखनीय मानिन्छ भने आगामी दिनका उडानहरुको लागि पनि राम्रै संख्यामा यात्रुहरुले बुकिङ्ग गरेका छन् ।

नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त भएको छ ।