• गृहपृष्ठ
  • आइ.सि.एफ.सि. फाइनान्स र साङ्ग्रिला होटलबिच सम्झौता

आइ.सि.एफ.सि. फाइनान्स र साङ्ग्रिला होटलबिच सम्झौता

Mar 3rd, 2020

काठमाडौ, फागुुन २०
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र साङ्ग्रिला होटल प्रा.लि., लाजिम्पाटबिच फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटल प्रा.लि. मा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्भौतापत्रमा, मिति २०७६ फागुन १९ गते फाइनान्सको तर्फबाट प्रबन्धक संजय थपलिया र होटलका तर्फबाट मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।