• गृहपृष्ठ
  • केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, आगामी मेला सिभिल मलमा मार्च ८ मा हुने

केएल टावरमा मोबाईल बैंकिङ मेला सम्पन्न, आगामी मेला सिभिल मलमा मार्च ८ मा हुने

Mar 3rd, 2020

काठमाडौ, फागुुन २०
डिजिटल वित्तीय सेवामा जडान गर्ने उदेश्यले आइप्लेक्स् मलमा सफलतापूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित् केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे ले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोन मार्फत बैंक भुक्तानी, फण्ड ट्रान्स्फर, स्टेटमेन्ट जाँच जस्ता थुप्रै सेवालिन सकिनेछ । मोबाईल बैंकिङ मार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधा मार्फत बिजुलीको महशुल, टेलिफोन बिलभुक्तानी , हवाइ जहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किलमेल जस्ता थुप्रै सेवा सरलरूपमा लिन सकिन्छ ।

मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनान्जा आकर्षणको केन्द्रवीन्दु बनेको छ । सहभागी सबै जनाले फेन्सी सामाग्रीका साथै तत्कालमोबाइइल टपअप जस्ता उपहार जित्न सकिनेछ । मेलामा सहभागी सबैजना मध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सकिनेछ । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ ।

यसबाहेक यो योजनामा सहभागीहरू फोन पे र्कोअर्को मेगा अभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । कुनैपनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफनो बैंकको मोबाईल बैंकिङ एप मार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ ।

उपहार विजेता दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शत प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जनाग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्र मार्फत दुबई ट्रिप जित्न सक्नेछन् ।

मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाइ ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गर्नुभयो । अर्को मोबाईल बैंकिङ मेला मार्च ८ कादिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।