• गृहपृष्ठ
  • म्यान्चेष्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

म्यान्चेष्टर सिटीलाई लगातार तेस्रो पटक काराबाओ कपको उपाधि

Mar 2nd, 2020

काठमाडौँ, १९ फागुन

म्यान्चेस्टर सिटीले लगातार तेस्रो पटक काराबाओ कपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा म्यान्चेस्टर सिटीले एन्टन भिल्लालाई २-१ ले पराजित गर्दै लगातार तेश्रोपटक उपाधि जितेको हो ।

म्यान्चेष्टर सिटीलाई जित दिलाउन सर्जियो अगुएरोले र रोड्रीले एक एक गोल गरे । एन्टन भिल्लाको लागि समाटालेले एक गोल गरे।

खेलको २० औँ मिनेटमा सर्जियो अगुएरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ४१ औं मिनेटमा समाताले भिल्लाको लागि एक गोल फर्काए । त्यसपछि कुनै गोल हुन सकेन र सिटीले तेस्रो पटक काराबाओ कपको उपाधि जितेको हो ।