• गृहपृष्ठ
  • बार्सिलोनालाई २–० गोलले हराउँदै रियल शीर्ष स्थानमा

बार्सिलोनालाई २–० गोलले हराउँदै रियल शीर्ष स्थानमा

Mar 2nd, 2020

काठमाडौँ, १९ फागुन

एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो।

रियलको जितमा भिनिसियस जुनियर र मारिनोले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा रियलले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

७१ औं मिनेटमा भिनिसिअस जुनियरले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । अतिरिक्त समयको दोश्रो मिनेटमा मारिनोले गोल गर्दै रियलको जीत सुनिश्चित गरे ।

जितपछि जारी लिगमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ा रियलको २६ खेलबाट ५६ अंक छ । पराजित बार्सिलोना समान खेलबाट ५५ अंक सहित लिगको दोश्रो स्थानमा झरेको छ।