• गृहपृष्ठ
  • विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

विद्युत सर्ट भई आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट

Mar 1st, 2020

काठमाडौं, फागुन १८

काठमाडौं महानगरपालिका ३२ बालकुमारी बस्ने रामेछाप घर भएका संगम श्रेष्ठको फ्युजन मल्टिप्रपोज कम्पनीको गोदाममा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, कम्प्युटर २ थान लगायत विभिन्न सामान जलेर करिब ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।