• गृहपृष्ठ
  • हामी सुरक्षित समाज र दिगो शान्ति निमार्णमा प्रयत्नशिल छौ, प्रहरी नायव महानिरीक्षक पोखरेल

हामी सुरक्षित समाज र दिगो शान्ति निमार्णमा प्रयत्नशिल छौ, प्रहरी नायव महानिरीक्षक पोखरेल

Mar 1st, 2020

काठमाडौ, फागुुन १८

सुरक्षित समाज र दिगो शान्ति निमार्णगर्न, अपराधको प्रकृती र त्यसको नियन्त्रणको लागि स्थानिय नागरिकहरूले दिएको सुझाव अनुसार काठमाण्डौ उपत्यकामा सुरक्षा योजना लागु गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताउनु भयो ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी सेवा केन्द्र बुढानिलकण्ठको आयोजनामा आईतबार महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको सभाहलमा आयोजना गरेको “शान्ति सुरक्षामा स्थानिय प्रहरीको भूमिका विषयक छलफल कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिनुहुदै सो कुरा उहाँले बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुदै पोखरेलले भुतपूर्व प्रहरी अधिकृतहरू, स्थानिय जनप्रतिनिधि र स्थानिय बासिन्दाहरुको महत्वपुर्ण सल्लाह सुझावहरूलाई आत्मसाथ गर्दै अगाडी बड्ने बताउनुभयो । समय सापेक्षा अनुसार संगठनको आन्तरिक तथा बह्य सुधारका प्रयासहरु गरेको बताउनुहुदै त्यसैको पहिलो कडि प्रहरी मेश सुधार अभियान चलाईएको बताउनुभयो ।समाज बिकासका लागि आधरभुत तत्व सुरक्षा रहेको बताउनुभयो । प्रहरीको बोलीचाली र व्यवहारहरू क्रमश सुधार भईरहेको बताउनुहुदै यस्ता किसिमका छलफल कार्यक्रमहरुले नागरिक र प्रहरी विच सकारात्मकभावाना वृद्धि हुने बताउनुभयो।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका मेयर उद्वव प्रसाद खरेलले प्रहरीलाई सहयोग गर्न तयार छौ तर नितिगत समस्यका कारणले सोचे जस्तो सहयोग गर्न कठिनाई भैईरहेको र आवश्यक कानुनहरु निमार्ण गरी सहयोग गर्ने प्रतिवद्ववता गर्नुहुदै यस्ता कार्यक्रमहरु समय समयमा गरिनु पर्ने कुरा ब्यक्त गर्नु भयो ।

उक्त कार्यक्रमममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक जय बहादुर चन्दले प्रहरीको गरिमा बस्ती र गस्तीमा हुनुपर्ने बताउनुहुदै जनतासंग नियमित रुपमा सम्पर्क रहनुपर्ने बताउनु भयो । पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक नवराज ढकालले नागरिकले देख्ने र प्रशंसा हुने गरी प्रहरीले काम गर्नु पर्ने समुुदाय सुरक्षा सम्वन्धी क्यालेन्डर अनुसार काम गर्नु पर्ने बताउनुभयो । त्यसैगरी भुतपुर्व प्रहरी संगठनका अध्यक्ष एंवपूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्त राज कुँवरले स्थानिय निकायमा शान्ति सुरक्षाको जिम्मा मेयर वा प्रहरी प्रमुख, यस बिषयमा गहन छलफल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका विभिन्न वडाका, वडा अध्यक्षहरू, पूर्व वरिष्ठ अधिकृत र स्थानिय बासिन्धाहरूले आ-आफ्ना अमूल्य सुझाव दिनुभएको थियो ।