• गृहपृष्ठ
  • ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो हेर्नुस्

ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो हेर्नुस्

Mar 1st, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,१८ फागुन

साताको पहिलो दिन आइतबार सुनको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार तोलामा ७९ हजार २०० सयमा कारोवार भएको छापावाल सुन आज १२ सयले घटेर ७८ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि १२ सयले घटेर ७७ हजारमा ७ सयमा कारोवार भएको छ । शुक्रबार तेजावी सुन रु ७८ हजार ९०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु २० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८६० तोकेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला रु ८८० मा कारोबार भएको थियो ।