आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 1st, 2020

मुस्ताङ, १८ फागुन

घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने मनोज विश्वकर्माको घरमा शनिबार राति आगलागी हुँदा सोही घरमा रहेको रुपक फेन्सी एवं कस्मेटिक पसल, लत्ताकपडा, फर्निचर र भाँडावर्तन र अन्नपात जलेर करिब ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नेपाली सेना, सशस्र प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।