• गृहपृष्ठ
  • सेयरबजार अझै बढ्ने संकेत, निक्षेपको ब्याज घटेपछि लगानीकर्ता बजारमा

सेयरबजार अझै बढ्ने संकेत, निक्षेपको ब्याज घटेपछि लगानीकर्ता बजारमा

Mar 1st, 2020

आधारभूमी संवाददाता

काठमाडौं, फागुन १८

सेयरबजारमा गत हप्ता ऐतिहासिक साढे ४ अर्बको कारोबार भयो । अहिले बजारमा सेयर किन्नेहरु बढेका छन् , जसका कारण नै सेयबजार परिसुचक उकालो लागेको हो ।

बैंकहरुले निक्षेपमा दिने ब्याज घटाएपछि त्यसको असर सेयबजारमा परेको हो । किनकी अहिले बैंकले निक्षेपमा दिने ब्याज घटाएका छन् । कर्जाको मागम सुस्त आएपछि बैंकहरुले निक्षेपमा दिेन ब्याज घटाउन थालेका हुन् । जसका कारण सेयर बजार अझै बढ्ने संकेत देखिएको छ ।

किनकी सेयरबजार र बैकको ब्याजको सम्वन्ध उल्टो हुन्छ । बैंकको ब्याज महंगीदा सेयरबजारका लगानीकर्ता बैंकमै आउँछन् भने ब्याज सस्तीए सेयरबजार । अहिले नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले निक्षेपमा दिने ब्याज ५ प्रतिशतमा झारेका छन् । सुरुवातमा स्ट्यान्डर्ड चार्टर्ड बैंक ब्याज घटाएर ५ प्रतिशतमा झारेको थियो।

साथै नेपाल एसबीआइ बैंकले ५ प्रतिशतमा झारेको छ । नबिलले ५.७५ प्रतिशतबाट ५.२५ प्रतिशतमा झारेको छ । एभरेष्ट बैंकले पनि साढे ५ प्रतिशतमा बचतको ब्याज झारेको छ । सनराइज बैंकले पनि ब्याज ६ प्रतिशतमा झारेको छ ।

ब्याजदर बढाएर निक्षेप तानातान हुन लागेपछि बैंकहरुले भद्र सहमति गरेका थिए जसमा बढीमा साढे ६ प्रतिशतसम्म ब्याज दिने उल्लेख छ । त्यसअनुसार २७ वटै वाणिज्य बैंकले बचतको ब्याज साढे ६ प्रतिशतमा सिमित गरेका थिए । तर, अहिले आम्दानी कम हुने देखेपछि केहिले ब्याज नै घटाउन लागका छन् । अब विस्तारै निक्षेपको ब्याज ५ प्रतिशतमा सबै बैंकले झार्ने देखिन्छ ।

बैंकको ब्याज घट्ने देखेका कारण नै लगानीकर्ता सेयरबजारमा ओइरिएका छन् । जसक कारण सातामा नेप्से परिसूचक १९७.६० अंकले बढेको छ । बजार गत साताको आइतबार नेप्से झन्डै७० अंकले बढ्यो। ‘बुलिस ट्रेन्ड’ देखिएको बजारमा नेप्से ६९.५६ ले वृद्धि भएर एक हजार ५०४.१४ मा पुगेको थियो । लामो समयपछि बजारमा आइतबार ‘सर्किट ब्रेक’समेत लगाउनुपरेको थियो ।

लगानीकर्ता ओइरिएर सेयरको माग उच्च भएपछि नेप्सेमा चर्को दबाब पर्न गएको थियो ।

साताको अन्तिम दिन नेप्से ३६.०५ अंकले बढेर एक हजार ६३२.१७ मा पुगेर रोकियो। नेप्सेमा भारी वृद्धि हुँदा कारोबार रकम झन्डै साढे चार अर्ब पुगेको थियो । तिब्र रुपमा बढेको सेयरबजार परिसुचक अब कर्जाको माग नहुने हो र बैंकको निक्षेपको ब्याज रिटर्न नबढ्दा सम्म बजार निरन्तर नै बढ्ने देखिन्छ ।