आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 29th, 2020

काठमाडौं, १७ फागुन

काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कस्थित निर्माणाधिन भ्यु-टावरका कामदारहरु बस्ने जस्ताको टहरामा शुक्रबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा नगद ३ लाख रुपैयाँ, कम्प्युटर र फर्निचर लगायतका विभिन्न सरसामानहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, लालबन्दी नगरपालिका-१ बाग्वानीस्थित उष्ण प्रादेशिय बाग्वानी केन्द्र नवलपुरको कार्यालयमा शुक्रबार राति आगलागी हुँदा कम्प्युटर, टेलिफोन सेट, फर्निचर लगायतका सामानहरु जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ सोहनीस्थित श्क्ष्भ्ऋ पपुगौरी पार्वती निर्माण सेवा प्रालिमा अलकत्रा तताउने क्रममा शनिबार बिहान आगलागी हुँदा अलकत्रा राखेको ट्याङ्की, बर्नर र डिजेल सप्लाई पाईप जलेर करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।