• गृहपृष्ठ
  • ‘मुटु र तिमीमा’ मा बिकास र गायिका समिताको रोमान्स

‘मुटु र तिमीमा’ मा बिकास र गायिका समिताको रोमान्स

Feb 29th, 2020

काठमाडौ, फागुन १७

नव गायिका मोडल समिता श्रेष्ठको गीत ‘मुटु र तिमीमा’ सार्वजनिक भएको छ । ’माया गर्छु’ बोल को गितबाट तथा मिसेस ब्युटिफुल नेपालमा बेस्ट फोटोजेनिक पाएपछि मोडलिङ्ग सुरु गरेकी समिता पछिलो समय गायिकाकोरुपमा आएकी हुन् ।

गीतमा समिता श्रेष्ठ र राहुलको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेकाछन् । संचारकर्मी तथा मोडल विकाश लामिछानेसंग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन । काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेकाहुन् । निर्देशक ढुंगेल संचारकर्मी तथा आर्टिस्ट नेपाल नेटवर्कका निर्देशक पनि हुन् ।

भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि. ओ. पीमा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेकाछन् । सानै देखि गायिका बन्ने सपना देख्ने गरेकी समिताले आफ्नो पहिलो कोशेलीबाट धेरै आशाबादी रहेको र साथ , सहयोग र प्रतिक्रियाको आशाबादी रहेको बताईन ।