• गृहपृष्ठ
  • भोलाको ‘रुमाल फाटी गो ’ गीतको म्युुजिक भिडियो सार्वजनिक

भोलाको ‘रुमाल फाटी गो ’ गीतको म्युुजिक भिडियो सार्वजनिक

Feb 29th, 2020

काठमाडौ, फागुुन १७

पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो, बोलको गीत बजारमा लिएर आएका छन् । हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ ।

हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् । ‘पुर्वै मोरङ , धरान भेडेटार , म त मरेको मान्छे’ लडे झाँडीमा लगायतका दर्जनौ गीतमा शब्द संगीत तथा निर्देशन गरिसकेका छन् भने अभिनय समेत गर्दै आएका छन् ।

आफ्नै निर्देशक तथा अभिनयमा भोला अधिकारीको सार्वजनिक ”रुमाल फाटी गो ” गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा भोला अधिकारी , विनिता राई , बद्रि पौडेल , सर्वज्ञान कोइराला , गुञ्जन माझी , वि एन नेपालको अभिनय तथा नृत्य रहेको छ । गीतमा संगीत संयोजन केवी भण्डारीको छ ।