• गृहपृष्ठ
  • महासंघ सचिवालयमा दीगो विकासका लागि व्यापार इकाई स्थापना

महासंघ सचिवालयमा दीगो विकासका लागि व्यापार इकाई स्थापना

Feb 29th, 2020

काठमाडौ, फागुुन १७

नेपाल उद्योग वाणिज्य महासंघ/कृषि उद्यम केन्द्रमा दीगो विकासका लागि व्यापार इकाईको स्थापना गरिएको छ । दीगो विकासका लागि व्यापार इकाई नाउ“ दिइएको उक्त इकाई स्थापनामा अन्तराष्ट्रिय व्यापार केन्दले सहयोग गरेको छ ।

इकाईको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र अन्तराष्ट्रिय व्यापार केन्द्रका निमित्त कार्यकारि निर्देशक डोरोथी टेम्वोले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभयो । सो अवसरमा कृषि उद्यम केन्द्रका सह–सभापति हेमराज ढकालको पनि उपस्थिति रहेको थियो ।

कृषि उद्यम केन्द्रले जेनेभास्थित अन्तराष्ट्रिय व्यापार केन्द्रको सहयोगमा नवस्थापित इकाई मार्फत मुख्यतः नेपालमा कृषि क्षेत्रको विकासमा देखापरेका प्रमुख अवरोधहरूको पहिचानका साथै त्यसको समाधान, वातावरणमैत्री व्यवसायिक रणनीति विकास र अन्तराष्ट्रिय बजारसम्म नेपाली उत्पादनको पहुंच विस्तारमा कार्य गर्ने छ ।

यसका साथै प्रमुख निर्यातयोग्य वस्तुहरू चिया, कफी र औषधिजन्य वनस्पतीको अन्तराष्ट्रिय बजार प्रवद्र्धनमा इकाई मार्फत काम गरिने छ । यसबाट नेपालको बाह्य व्यापार विस्तार तथा लगानी आकर्षणमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

त्यसअघि वरिष्ठ उपाध्यक्ष गोल्छा र आइटीसीका निमित्त कार्यकारि निर्देशक डोरोथी टेम्वो बीच महासंघ सचिवालयमा औपचारिक भेटवार्ता समेत भएको थियो । कृषि उद्यम केन्द्रका सह–सभापति हेमराज ढकाल र सचिवालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको सो अवसरमा उहा“हरू बीच कृषि उद्यम केन्द्रमा स्थापना गरिन लागेको इकाई, महासंघ र आइटीसी बीच हुंदै आएको सहकार्य र भावी योजनाका विषयमा विस्तृत छलफल भएको थियो ।