• गृहपृष्ठ
  • सेवाग्राहीको सुचनाको कार्य प्रकृती हेरेर अनुसन्धान गर्नु प्रहरी नायव महानिरीक्षक पोखरेल

सेवाग्राहीको सुचनाको कार्य प्रकृती हेरेर अनुसन्धान गर्नु प्रहरी नायव महानिरीक्षक पोखरेल

Feb 29th, 2020

काठमाडौं, फागुुन १७

सुचनालाई व्यक्तिको अनुहार हेरेर प्राथमिकता होइन कार्य प्रकृती हेरेर अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्यहरूका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कार्मचारीहरूलाई शुक्रबार दिउसो नेपाल पुलिस क्लव भृकुटी मण्डपमा निर्देशन दिदै सो कुरा बताउनु भएको हो ।

निर्देशन दिनुहुदै पोखरेलले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभ-लाभमा नपरी निश्पक्ष,पारदर्शी र भेदभाव रहित अनुसन्धान हाम्रो प्रमुख ब्नभलमब हो भन्दै व्यक्ती अनुसार फरक फरक अनुसन्धान हुन्छ भन्ने आरोप लाग्ने गरेकाले सो गर्न नपाउने गरी कार्य गर्नु पर्ने बताउनु भयो ।प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल चभबअत गर्न निर्देशन समेत दिनु भयो ।अपराध अनुसन्धानमा कार्य गर्ने सम्पूर्ण कर्मचारीहरू कार्यगत रूपमा विशेष भएकाले यसको गाम्भिर्यतालाई मनन गर्दै एउटा जवानले गल्ती गर्दा त्यसको जिम्मेवार कमाण्डर पनि हुनु पर्ने त्यसले उन्नमुक्ती नपाउने बताउनु भयो । घटनाको अनुसन्धान गर्ने क्रममा समयानुकुल अभिलेखिकरण गर्ने र डकुुमेन्टेसनमा कही कतै नचुक्नु भन्दै कानुन कार्यान्वयमा निर्ममता पूर्वक प्रस्तुत हुनु समेत निर्देशन दिनु भयो ।

तपाइको क्षेत्रमा अपराध कति घटयो , कति सफल अनुसन्धान गर्नु भयो त्यो तपाईको मुल्यांकनको विषय हो भन्दै नागरिकले फरक ढङगले अनुभुती गर्ने गरी कार्य गर्न निर्देशन दिनु भयो । लोभ, लाभ,प्रभाव र भेदभाव ४ कुराबाट टाढा रहनु भन्दै “रौ” बराबरको कमि कमजोरीलाई पनि आफुले भ्हअगकभ गर्न नसक्ने नसिहद देखि जागिरबाट बर्खास्त गर्ने सम्मको कारवाही गर्ने र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताउनु भयो ।