• गृहपृष्ठ
  • फागुन १७ गते काठमाडौंमा विश्व शान्ति महा मै मैत्री शान्ति पदयात्रा हुने

फागुन १७ गते काठमाडौंमा विश्व शान्ति महा मै मैत्री शान्ति पदयात्रा हुने

Feb 28th, 2020

काठमाडौ, फागुुन १६

बोधी श्रवण धर्म संघले यही फागुन १७ गते शनिवार काठमाडौंमा शान्ति पदयात्राको आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुटी मण्डपबाट विहान ८ बजे शुरु हुने सो पदयात्रालाई संघले विश्व शान्ति महा मै मैत्री शान्ति पदयात्रा भनेको छ ।

पदयात्रा काठमाडौंको भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सुनधारा, न्युरोड, इन्द्रचोक, असन, जमल, केशरमहल, दरवारमार्ग, घण्टाघर, बागबजार, पुतलीसडक र पद्मोदय मोड हुँदै भृकुटी मण्डपमा आएर सभामा परिणत हुने छ । संघका अनुसार शान्ति पद यात्रा समापन भएलगत्तै धार्मिक परिसंवाद कार्यक्रम पनि आयोजना गरिएको छ । सो परिसम्वाद कार्यक्रमलाई संघले बोधि श्रबण संघ महा मै मैत्री धर्म परिसम्वाद कार्यक्रम भनेको छ ।

यो परिसम्वाद काठमाडौंको भृकुटी मण्डपस्थित मुल हलमा संचालन हुने छ । परिसम्वाद कार्यक्रममा समाजका लब्धप्रतिष्ठित, विद्वत वर्ग, संस्कृतीबिद् तथा विभिन्न धर्मका गुरुहरुले आफ्ना विचारहरु राख्नुहुनेछ । संघले पदयात्रा र परिसम्बाद दुबै कार्यक्रममा सहभागीहुन सम्पूर्ण संघ, भक्त, अनुयायी, धर्मप्रेमी, बुद्दीजिवी, लेखक, कलाकार, वकिल, मजदूर, किसान, उद्योगी, व्यापारी, इन्जिनियर, डाक्टर, लगायत सबैलाई हार्दिक आग्रह पनि गरेको छ ।

यसैगरी संघले सो कार्यक्रममा सहभागी भई सम्पूर्ण जगतको रक्षा सहजीवन सहअस्तित्व र मुक्ति मोक्षमा योगदान गर्न र लाभ लिन समेत मैत्रीय आव्हान गरेको छ ।