आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 28th, 2020

सप्तरी, १६ फागुन

राजविराज नगरपालिका-७ स्थित रहेको नेपाल टेलिकमको कार्यालयमा पार्किङ गरी राखेको कार्यालयको बा.६ च ६३७९ नम्बर गाडीमा बिहीबार दिउँसो आगलागी हुँदा गाडीको अगाडि र ईन्जिनको भाग जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।