• गृहपृष्ठ
  • सुनको मूल्य घट्यो ,हेर्नुस् कति पुग्यो ?

सुनको मूल्य घट्यो ,हेर्नुस् कति पुग्यो ?

Feb 28th, 2020

आधारभूमी संवाददाता

काठमाडौं ,१६ फागुन

सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ७९ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७८ हजार ९०० मा झरेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७९ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७९ हजार ४०० मा कारोबार भएको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । बिहीबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको थियो ।