• गृहपृष्ठ
  • बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी

बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी

Feb 28th, 2020

भक्तपुर, फागुुन १६

बासु माध्यमिक विद्यालयको ५७ औं र बासु कलेजको ११ औं वार्षिकोत्सवको अवसरमा दुईदिने शैक्षिक प्रदर्शनी बिहीबार सुरु भएको छ । फागुन १६ गते अर्थात आज शुुक्रबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसाथ प्रदर्शनी पनि समापन हुने विद्यालयले जनाएको छ । शैक्षिक प्रदर्शनीमा विज्ञानका विभिन्न प्रयोगहरूको साथै विद्यार्थीका सिर्जनाहरू राखिएका थिए । आधारभूत तहदेखि कक्षा १२ र डिप्लोमा तहमा अध्ययनर विद्यार्थीले पाठ्यक्रममा सम्बन्धित विभिन्न मोडेलहरू प्रस्तुत गरका हुन् ।

बिहीबार आयोजित एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष गोसाईले विद्यालयले विद्यार्थीलाई सिर्जनशील हुन उत्साहित गरेको बताउनुभयो । उहा“ले हाम्रो निम्ति साना लाग्ने विद्यार्थीका सिर्जना उनी आफैको निम्ति ठूलो हुने भन्दै सिर्जनाका फूल फुल्न दिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा विद्यालयका प्राचार्य अम्विका न्याइच्याइले विद्यार्थीको उत्साह देखेर खुशी लागेको भन्दै वार्षिकोत्सवले अध्ययनको निम्ति ऊर्जा मिल्ने बताउनुभयो । विद्यालयका उपप्राचार्य रवीलाल प्रधानले विद्यार्थीलाई उचित वातावरण दिनसके आफै अध्ययन तथा खोजीमा लाग्दा रहेछन् भन्ने शैक्षिक प्रदर्शनीले देखाएको बताउनुभयो । मावि इन्चार्ज सुनिता घटुवाले प्रदर्शनी सानो भए पनि यसले पार्ने प्रभाव कम नहुने बिचार राख्नुभयो ।

प्रदर्शनीमा विद्यार्थीले हाँस र माछा पालनको मोडल बनाई हाँसको फोहर माछालाई खुवाउन सकिने अवधारणा समेत प्रस्तुत गरेका थिए । त्यस्तै नेपालको सन्दर्भमा पहाडी क्षेत्रमा गरिने ग¥हाग¥हाको खेती, माटो बिनाको खेती, कौसी खेतीलगायतका मोडेल पनि प्रस्तुत गरेका थिए । विद्यार्थीले कम्प्युटरसम्बन्धी विभिन्न मोडेलहरूका साथै पानीको चापबाट डोजरचलाउने विधिसमेत प्रस्तुत गरेका थिए ।