• गृहपृष्ठ
  • हायात रिजेन्सी काठमाण्डौँमा खुल्यो योङ, ट्रेन्डी तथा स्वस्थकर रेष्टुरेन्ट– “दलिभिङ रुम”

हायात रिजेन्सी काठमाण्डौँमा खुल्यो योङ, ट्रेन्डी तथा स्वस्थकर रेष्टुरेन्ट– “दलिभिङ रुम”

Feb 27th, 2020

काठमाडौ, फागुन १५

योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि काठमाण्डौँमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । यो भर्सटाइल रेष्टुरेन्ट हायात रिजेन्सीको लबी एरियामा अवस्थित रहेको छ । शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्टहुँदै टेरेस (छत )मा जान सकिन्छ जहाँबाट सुन्दर र हराभरा बगैचा तथा स्वीमिङ पुल देख्न सकिन्छ । यसको नाम ’दलिभिङ रुम’जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नाम जस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइलो पलहरूमा जमघट हुनका लागि सबैभन्दा उपयुक्त स्थान हो ।

आधुनिक र मनै लोभ्याउने साजसज्जा तथा इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ ।

‘द लिभिङ रुम’ को मुख्यविशेषताहरूमा– योङ, ट्रेन्डी तथा स्वस्थकर रहेका छन् र हायातले यस रेष्टुरेन्टलाई विभिन्न उमेर समूहका ग्राहकहरूलाई लक्षित गर्दै दिनको समय अनुसार विभिन्न खानाका परिकारहरू पस्कने योजना हायातको रहेको छ । यस रेष्टुरेन्टको इन्टेरियर डेकोरेशनहरू र मनमोहक वातावरण युथतथा ट्रेन्डी विशेषताहरूमा आधारित रहेकाले साथी–भाइ वा पारिवारिक जमघटका लागि वा बिजनेश मिटिङ गर्नका लागि सबैभन्दा उपयुक्त स्थानहो । स्वीमिङ पुल तथा बगैँचाहरूको नजिकै रहेको आउटडोर सिटिङ अरेन्जमेन्टमा जमघट वा भेटघाटहरू गर्न सकिन्छ ।

‘द लिभिङ रुम’मापस्किइने खानेकुराहरूमा हायातको “फार्म टु प्लेट”अवधारणामा केन्द्रित रहेको छ र यहाँ तयार पारिने खानाका परिकारहरू ताजा र स्थानीय कृषिजन्य उत्पादनहरूको प्रयोग गरिन्छ । रेष्टुरेन्टको ओपन किचेनमा नो फ्राइड अर्थात् तारेको केही पनि प्रयोग नगरिने कुरालाई आत्मसात गर्दछ र मेनुमा ग्रिल्ड, उसिनेको वाकाँचो खान मिल्ने खानेकुराहरूको विकल्पहरू राखिएको छ ।

हायात रिजेन्सी काठमाण्डौँको विश्वास रहेको छ कि एउटा ठूलो समूह तथा दुईवटा ठूला कम्युनिटी टेबलहरूका साथमा यो परिवार तथा साथी भाइका जमघटका निम्ति सबैभन्दा रुचाइने भेन्यू बन्नेछ ।
भाइब्रेन्ट रंगहरू र आकर्षक डिजाइन भएको रेष्टुरेन्टको बारमाउपलब्धहुने थरिथरिका ककटेलहरूले रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई आश्चर्य र खुसी तुल्याउनेछ । यहाँका बारटेन्डरहरुले ग्राहकहरूलाई स्पेशल ड्रिङ्क दिँदै गर्दा आफ्ना गोप्य रेसपीहरू ग्राहकहरूलाई खुसीखुसी बताउनेछन ।

जापान, जोडर्न, इजिप्ट, ओमान, मलेसिया, ट्रिनियाड तथा टोबागो लगायतका कैयौँ देशहरूमा अनुभव बटुल्नुभएका रेष्टुरेन्टका कार्यकारी सेफ डेबार्या चक्रवर्तीले आधुनिक समय अनुसारको स्वस्थ खानपान र नवीनतालाई ध्यानमा राखी मेनु तयार पारिएको छ । रेष्टुरेन्टको मेनु खानाका पारखीहरूलाई ध्यानमा राख्दै विशेष रूपमातयार पारिएको हो र अन्तर्रा्ष्ट्रिय खानाका साथै स्थानीय क्षेत्रमाउपलब्ध परिकारहरू ग्राहकहरूलाई पस्किन्छ । स्थानीय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकहरुको अपेक्षाअनुरुप मेनु तयार पारिएको हो । साथै मेनुमा एकपटक खानै पर्ने तथा अन्त कतै नपाइने कैयौँ सेफ सिग्नेचर डिशहरू पनि समावेश गरिएका छन् । स्थानीय परिकारहरू वास्तविक स्वादअनुरुप नै हुनेछन् तर त्यसमा इन्ट्रेस्टिङ ट्वीस्टका साथतयार पारिन्छन् ।

रेष्टुरेन्टमा आउने अतिथिहरूले डेस्टिनेशन बारमा विभिन्न थरीका इनोभेटिभ तथा कन्टेम्परी ककटेल ड्रिङ्कहरू पिउन सक्नेछन् । विभिन्न अन्तर्राष्ट्रिय परिकारहरु र स्वस्थकर भेटहरुका साथ “दलिभिङ रुम” ले परम्परागत होटल रेष्टुरेन्ट भन्दा बिल्कुलै पृथक छ । “दलिभिङ रुम”मा रहेको खुल्ला वातावरण र अन्तरक्रीयात्मक बारले यसलाई रमाइलो भेटघाट, सबैभन्दा ताजा सामग्रीहरुबाट तयार पारिएको मुखै रसाउने परिकारहरु र नयाँ ड्रिङ्क्सहरुको लागि उदाहरणीय स्थल बनाएको छ । यसको उद्देश्य भनेको दिनका विभिन्न समयहरुमा सहजवातावरणमा अतिथिहरू आफू खुशी रमाउन सक्ने र ट्रेन्डको वास्तविक स्वाद लिन सकून् भन्ने रहेको छ ।