• गृहपृष्ठ
  • गोकुल बाँस्कोटाको अडियो प्रकरणः प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको ढाकछोप

गोकुल बाँस्कोटाको अडियो प्रकरणः प्रधानमन्त्री ओलीले गरे बाँस्कोटाको ढाकछोप

Feb 27th, 2020

काठमाडौं ,१५ फागुन

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले ढाकछोप गरेका छन् ।

प्रधानमन्त्रीले बाँसकोटाले घुस लिएको भन्ने व्यहोराको अडियोको पर्याप्त प्रमाण नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनको ठेक्का सम्झौता गर्न ठेकेदारसँग कमिसन मागेको अडियो भनिए पनि उक्त विषय प्रमाणित नभएकोले आरोप लगाउन नहुने बताए ।

बिहीबार काठमाडौंमा नेकपा वाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले अडियोबारे बुझ्ने काम भइरहेको वताएका हुन् ।

प्रधानमन्त्री ओलीले आरोप ‘प्रमाणित भयो भने बाँस्कोटाले दोषअनुसारको सजाय भोग्ने उनको तर्क थियो ।

सेक्युरिटी प्रेस खरिदमा कमिसन बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए।

उक्त टेप प्रधानमन्त्री ओलीले पनि केही महिनाअघि सुनिसकेका थिए । सो काण्ड पनि बाँस्कोटाले राजिनानमा दिइसकेका छन् । यस काण्डको चर्को विरोध भैरहेका बेला प्रधानमन्त्रीले सार्वजनिक रूपमा बाँस्कोटाको ढाकछोप गरेका हुन्।