• गृहपृष्ठ
  • मन्त्रिपरिषद्को बैठकले गर्यो यस्ता निर्णय

मन्त्रिपरिषद्को बैठकले गर्यो यस्ता निर्णय

Feb 27th, 2020

काठमाडौं , १५ फागुन

नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा ७ जना नियुक्त भएका छन् । मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो । फागुन ५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।

नियुक्ती पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा.विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले रहेका छन् ।

त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा ३ जनालाई नियुक्त गर्ने निर्णय गरेको छ । नियुक्ती पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् । यसैगरी सो बैठकले अन्य २२ निर्णय गरेको छ ।

हेर्नुस् निर्णयको सूचि