नेप्सेमा ३६ अंकको उच्च बृद्धि

Feb 27th, 2020

काठमाडौ, फागुुन १५

नेप्से आज बिहिबार पनि ३६ दसमलव पाँच अंकले बढेर १६ सय ३२ दसमलव १७ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ६३ अंकले बढेर तीन सय ४७ दसमलव ४८ अंकमा पुुगेको छ । एक सय ८० कम्पनीहरुको ३५ हजार चार सय ६७ वटा कारोवारमा एक करोड आठ लाख ५९ हजार छ सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार दुुई सय ५१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १२ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक बढेर नौ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ८३ दसमलव २९ अंकले बढेर १४ सय ४० दसमलव १५ अंकमा पुुगेको छ । बिकास बैंक र उत्पादनमुुलक समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, mटे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुुप पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।