आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Feb 27th, 2020

काठमाडौं, १५ फागुन

उदयपुर, त्रियुगा नगरपालिका-११ पिपल चोक बस्ने किरण राईको सगरमाथा डिपार्टमेन्ट स्टोरको चकलेट राखिएको फ्रिजमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी हुँदा फ्रिज २ थान तथा फ्रिजमा रहेका विभिन्न चकलेट, कोल्ड ड्रिङक्स लगायतका सामानहरू जलेर करिब १ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, ईनरुवा नगरपालिका-१ बस्ने देवनारायण साहको घरमा बिद्युत सर्ट भई बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ९ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।