• गृहपृष्ठ
  • राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर आउँदै

राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर आउँदै

Feb 27th, 2020

कञ्चनपुर, १५ फागुन (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार यहाँ आउनुहुने भएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उहाँले सम्बोधनसमेत नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि गरिएको सो महोत्सव यही फागुन ९ गतेदेखि जारी छ ।