• गृहपृष्ठ
  • सिभिल लघुवित्त वित्तीय संस्थाको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न

सिभिल लघुवित्त वित्तीय संस्थाको कार्यक्रम समीक्षा गोष्ठी सम्पन्न

Feb 27th, 2020

काठमाडौ, फागुुन १५

सिभिल लघुवित्त वित्तीय संस्थालि. (सिभिल बैंकलि.को सहायक कम्पनी) को चालु आ.व. २०७६ माघ मसान्तसम्मको कार्यक्रम समीक्षा गोष्ठी यहि फाल्गुण ११ र १२ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका विभिन्न कार्यालयका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

समीक्षा कार्यक्रमको उद्घाटन गर्दै का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागि सबै तहमा कार्यरत कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न निर्देशन दिए । उक्त कार्यक्रममा संस्थाका क्लस्टर प्रमुखहरु तथा शाखा प्रमुखहरुद्धारा आ–आप्mनो शाखा एवम् क्लस्टरको प्रगति विवरण तथा आगामी रणनीति प्रस्तुत गर्दै तोकिएको लक्ष्य हासिल गर्न निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।

संस्थाको सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यालय प्रमुखहरुको प्रस्तुतीकरण कार्यक्रममा संस्थाका सञ्चालकहरुले आफ्ना विगतका अनुभव राख्दै असल ग्राहक पहिचान र गुणात्मक कर्जा प्रवाहमा ध्यान दिन सुझाव दिए । कार्यक्रमको समापन समारोहमा सञ्चालक समितिका अध्यक्ष सचिनजङ्ग रायमाझिले संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता र वित्तीय पहुँच पु्र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतारचढाव भई समस्या तथा चूनौती आएता पनि आफनो काम तथा सेवाप्रवाहमा कुनै कसर बांकि नराख्न निर्देशन दिए । सहभागी कर्मचारीहरुको प्रस्तुतीकरणबाट कार्यरत कर्मचारीहरुमा ज्ञान, सीप र क्षमता रहेको हुँदा अझ आफ्नो काम गर्ने शैली र क्षमतामा निखारता ल्याई आगामी दिनमा व्यवसाय वृद्धिलाई निरन्तरता दिई लक्ष्य अनुरुपको प्रगति हासिल हुने गरी काम गर्न तथा थप आत्मबल तथा उच्च उत्प्रेरणाको साथमा अगाडि बढ्न कर्मचारीहरुलाई हौसला प्रदान गरेका थिए ।

काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको संस्थाले २०७६ माघ महिनासम्ममा २६ जिल्लामा ४८ शाखा कार्यालय मार्पmत ३२ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा एक अर्ब २१ करोड, कुल बचत ३७ करोड रहेको छ भने संस्थाले चालु आ.व. भित्र थप शाखा कार्यालयहरुस्थापना गरी आफनो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।