• गृहपृष्ठ
  • महासंघका महानिर्देशक एवं सरकारका पूर्व सचिव खतिवडा सम्मानित

महासंघका महानिर्देशक एवं सरकारका पूर्व सचिव खतिवडा सम्मानित

Feb 27th, 2020

काठमाडौ, फागुुन १५

नेपाल सरकारका पूर्व सचिव धरणीधर खतिवडालाई नेपाल नेत्र ज्योति संघ, जिल्ला कार्य समिति धनकुटाले धनकुटा क्षेत्रमा सेवारत रहंदा विगतमा खतिवडाले परोपकारी काममा पु¥याउनु भएको अमुल्य योगदानको उच्च कदर गर्दै सम्मान गरेको छ । खतिवडा हाल नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशक पदमा कार्यरत रहेकाछन ।

नेपालमा अन्धोपन निवारण गर्ने महान अभियानमा समर्पित संस्था नेपाल नेत्रज्योति संघद्वारा संचालित डा. रामप्रसाद पोखरेल आ“खा अस्पताल धनकुटाको भवन निर्माण गर्ने कार्यमा आर्थिक सहयोग जुटाई अस्पतालको सेवा प्रवाह गर्ने कार्यमा खतिवडाको योगदानको उच्च कदर गर्दै संघको ११ औं साधारण सभाका अवसरमा सो सम्मानपत्र प्रदान गरिएको हो ।

उक्त सम्मानपत्र खतिवडालाई नेपाल नेत्रज्योति संघ धनकुटाका सभापति रोशेष श्रेष्ठ र केन्द्रीय अध्यक्ष प्रा.डा.चेतराज पन्तले आज हस्तान्तरण गरेका हुुन ।